कञ्चनपुरमा ट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ । काम गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीकी २४ वर्षीया लालमति रानाको चट्याङ लागेर मृत्यु घटनास्थलमै मृत्यु भएको हो ।
उनका श्रीमान २५ वर्षीय रतनसिंह राना गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डीएसपी सागर सिंह बोहराले जानकारी दिए । उनीहरू आज बिहान घर नजिकै रहेको दोदा नदीमा तर्बुजा टिप्न गएका बेला चट्याङ लागेको हो।