दानवीर भण्डारीको सम्झनामा सुदूरपश्चिमाञ्चल साहित्य समाजले मनायो १००औं जन्मजयन्ती

कैलाली  । कैलाली सुदूरपश्चिमाञ्चल साहित्य समाजले दानवीर बद्रीनाथ भण्डारीको १००औं जन्मजयन्ती मनाएको छ ।

भन्डारीकाे सम्झनामा  समाजले विविध कार्यक्रम गरि जन्मजयन्ती मनाएको हाे । यस्तै समाजका निवर्तमान अध्यक्ष रामलाल जोशी, वरिष्ठ लोकदेउडा गायक यज्ञराज उपाध्यायले भण्डारीले करोडौं दान गरेर समाजमा अमिट छाप छोडेर गएको स्मरण गरेका थिए ।

प्रत्येक वर्ष एक जना श्रष्टालाई प्रदान गर्ने गरी भण्डारीले साहित्य समाजमा समेत ११ लाखको अक्षय कोष स्थापना गरेका थिए । उनले समाजको तीन तले भवन निर्माण हुँदै गर्दासमेत ठूलो धनराशी सहयोग गरेका थिए ।

कैलाली साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नवजीवन सहकारीका अध्यक्ष देबबहादुर बम रहेका थिए । यस्तै  कार्यक्रममा समाजका उपाध्यक्ष टोपेन्द्र शाह, महासचिव गणेश नेपालीलगायतले आफ्नो धारणा राखेका थिए ।

Loading...