२५६९ औं बुद्ध जयन्तीको अवसरमा सन्त निरंकारी मण्डल नेपालद्वारा शिबपुरी धाम सरसफाइ

धनगढी । २५६९ औं बुद्ध जयन्तीको अवसरमा धनगढीमा रहेको शिबपुरी धाममा सन्त निरंकारी मण्डल नेपाल सुदूरपश्चिमले वृहत सरसफाई कार्यक्रमा सम्पन्न गरिएको छ । सन्त निरंकारी मण्डलका अनुसार धनगढीमा रहेको शिबपुरी धाम परिसरमा सरसफाई कार्यक्रममा सम्पन्न गरेको हो ।

उक्त सरसफाई कार्यक्रममा मण्डलका स्वयंसेवकहरूले धाम वरपरको क्षेत्र सफा गरेका हुन । सन्त निरंकारी मण्डलका स्वयंसेवकहरू सहभागी भई सरसफाई गरेको सन्तोष आउजीले जानकारी दिनुभयो ।
सन्त निरंकारी मण्डलले सामाजिक सेवाका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस्ता अभियानहरूले समाजमा सकारात्मक प्रभाव पार्ने र आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने मण्डले जनाएको छ ।

सन्त निरंकारी मण्डल नेपालद्वारा कैलालीको शिवपुरी धाममा जेठ १० गते सुदूरपश्चिम स्तरिय बृहत  संत्सग कार्यक्रम समेत आयोजन हुने भएको छ ।

यस्तै उक्त  सरसफाइ  कार्यक्रममा  सुदुरपश्चिम प्रदेश स्तरीय संत्सग कार्यक्रमका संयोजक झंकर बिष्ट सहित धनगढी शाखा प्रमुख प्रकाशबहदुर साँउद, अत्तरिया शाखा प्रमुख दिपक सिह, सेवादल संचालक करनसिंह ओड लगाएत स्वयमसेवकहरुको सहभागिता रहेको सन्त निरंकारी मण्डल अत्तरियाका सेवादल सन्तोष आउजीले जानकारी दिनु भएको थियो । सहभागीहरूले धाम परिसरमा फोहोर संकलन गर्नुका साथै वातावरणीय सचेतनासम्बन्धी सन्देशसमेत प्रवाह गरेका थिए ।

 

Loading...