डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडास्थित सरस्वती माध्यामिक विद्यालयले आफ्नो ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम मनाएको छ ।

कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन भएको हो । विभिन्न विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षाप्रेमी तथा अभिभावकको उपस्थितिमा विद्यालय प्राङ्गणमा भव्य रूपमा अभिभावक दिवस मनाइएको थियाे ।

प्रमुख अतिथि प्रदेशसभा सदस्य जोशीले विद्यार्थीहरूलाई पाठ्यक्रमको पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यक हुने बताए । उनले विद्यार्थीले कक्षा कोठामा सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले अगाडि बढेर जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्तहरूले विद्यालयले गरेको कामप्रति खुसी हुँदै आझै विद्यार्थीको व्यक्तिगत जीवानलाई थप प्रभावकारी बनाउनमा ठूलो आशा व्यक्त गरेका थिए । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै विद्यालयका प्रधानाध्यापक कुमारी ईश्वरी भट्टले विद्यालयले वैज्ञानिक शिक्षा पद्धतिलाई आत्मसाथ गर्नु आजको आवश्यकता भएको बताइन ।

कार्यक्रमकै अवसरमा पालिकास्तरीय अन्तर मावि हाजिरी प्रतियोगिताका साथै हस्त लेखनको समेत आयोजन गरियको थियो । पलिका स्तरिय हाजिरी जवाफ प्रतियोगितामा पाँच विद्यालय सहभागी थिए । जसमा गणेश मावि प्रथम, सरस्वती मावि द्वितीय र असिग्राम मावि तृतीय भयो। पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः दुई हजार, चार हजार र छ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाए । यसैगरी वाडास्तरीय हस्त लेखनमा जम्मा तीन विद्यालयका ६ जनाको सहभागिता रहेको थियो ।
यस्तै पहिलो, दोस्रो र तृतीय हुने विद्यार्थीले क्रमशः पाँच सय, एक हजार र एक हजार पाँचसय पुरस्कार पाएका थिए । यसका साथै विद्यालयमा भएको अन्तर सदनात्मक विभिन्न प्रतियोगितामा विविध विधामा समेत पुरस्कार वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय भट्टले जानकारी दिए ।
