राप्रपा कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिका आकस्मिक बैठक अहिले पार्टी कार्यालयमा बस्न लागेको छ । बैठकले आजको आन्दोलनमा प्रहरीले गरेको धरपकडको विषयमा छलफल गर्ने र भावी रणनीति तय गर्नेछ ।

आज नारायणचौरमा भएको आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना पक्राउ परेपश्चात राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आकस्मिक वैठक बोलाएका हुन् ।

पार्टीका सांसद दीपक सिंहलाई समेत प्रहरी परिसरबाटै समातिएपछि राप्रपा थप आक्रोशित बनेको छ ।

Loading...