युवराज्ञी हिमानी र नवयुवराज हृदयेन्द्रद्वारा स्व.राजपरिवारप्रती दीप प्रज्वलन

काठमाडौँ । दिवंगत राजपरिवारका सदस्यको सम्झनामा  युवराज्ञी हिमानी शाह र नवयुवराज हृदयेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरूले दिवंगत राजपरिवारलाई श्रद्धाञ्जलि अर्पण गर्दै कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, दीपकबहादुर सिंह, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, जगमान गुरुङलगायत राजसंस्था पक्षधर नेताहरू सहभागी भएका थिए ।

साथै ठूलो संख्यामा सर्वसाधारणहरू पनि सहभागी थिए। युवराज्ञी हिमानी र नवयुवराज हृदयेन्द्र मन्दिर प्रवेश गर्ने क्रममा समर्थकले जयजयकार गरेका थिए ।

Loading...