डडेल्धुराको अमरगढी नगरपालिका–२ मा अवस्थित श्री त्रिपुरा सुन्दरी आधारभूत विद्यालयमा एक विशेष कार्यक्रमका बीच २१२ओेे भानु जन्मजयन्तिकाे अवसरमा समाजसेवी ज्ञानेन्द्र खडायत र उनकि श्रीमती अणिमा कुवर खडायतले विद्यार्थीहरूलाई पोशाक वितरण गरिएकाे छ ।

कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका करिब ३५ जना विद्यार्थीहरूलाई ट्र्याकसुट पोशाकहरू वितरण गरिएकोे छ ।
डडेल्धुरा अमरगढी नगरपालीका वडा नम्बर २ सोलपरि निवासी समाजसेवी ज्ञानेन्द्र खडायत र उनकि श्रीमति अणिमा कुवर खडायत लामो समय देखि अमेरिका बस्दै आएका छन । लामो समय सम्म अमेरिका बस्दै आएका उनले जिल्लाको धेरै बिधालयहरुमा पोशाक, काफी कलम झोला लगायतका अन्य पठनपाठनका सामाग्री बितरण गर्दै आईरहेका छन । उनले जिल्लामा आर्थिक रूपमा कमजोर रहेका परिवारलाई आर्थिक सहयोग पनि गर्दै आईरहेकाे राप्रपाका केन्द्रीय सदस्य गोविन्द खडायतको बताएका छन ।

कार्यक्रमा उनले भने आर्थिक रूपमा कमजोर रहेका परिवारका बालबालिकालाई यस्ता सहयोगले विद्यालय आउनेमा बालबालीकाहरुलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ । उनले भने आधारभूत विद्यालयमा आर्थिक रूपमा कमजोर रहेका परिवारका बालबालिकाहरु पढने गर्छन त्यसैले अभिवाकले पनि आफना जिम्मेबारी बहन गर्नुपर्नेमा ध्यान दिनुपर्ने उनको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक दुर्गा दत्त भटटले यस्तो सहयोगले विद्यार्थीको आत्मविश्वास वृद्धि गर्नुका साथै अभिभावकहरूको बोझ पनि कम हुने बताउँदै अमेरीका बसेरपनि बेलाबेलामा आफनो बिधालयलाई सहयोग गर्दैआएको भन्दै आभार व्यक्त गरे छन ।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, स्थानीय बासिन्दा र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो पोशाक वितरणपछि बालबालिकाको अनुहारमा खुसि देखिएको थियो ।