तुफान डाडा देखि डडेल्धुरा अस्पताल क्षेत्र वरपर १५ गते देखि सडकको दाया बाया किनारामा आलोपालो गरि पार्किङ,गरिने

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई स्वास्थ्य सेवा दिँदै आएको डडेल्धुरा अस्पताल क्षेत्रको ट्राफिक व्यवस्थापन र शान्त वातावरण सुनिश्चित गर्न अब सवारीसाधन ‘जोड–बिजोड’ प्रणाली लागू गरिने भएको छ ।
डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्वर ५ अन्तर्गत तुफानडाँडा देखि अस्पतालसम्मको सडकखण्डमा हुने सवारी चाप, अनियन्त्रित पार्किङ, र धुनि प्रदूषणलाई न्यूनीकरण गर्न सोमबार सरोकारवाला निकायहरुसँग समन्वय तथा सवारी दुर्घटना सम्बन्धि“ अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरियो ।
सामुदायिक प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा जिल्ला डडेल्धुरा अ.न.पा.५ तुफानडाँडा स्थित रेडक्रसको हलमा डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमकाे  प्रमुख आतिथ्यतामा “सरोकारवाला निकायहरुसँग समन्वय तथा अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
अ.न.पा.५ वडाध्यक्ष टंक क्षेत्रीको अध्यक्षतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख ,अस्पतालका अध्यक्ष, ट्राफिक प्रहरी,कार्यालयका प्रमुख ,उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष, र स्थानीय व्यापारीहरूको सहभागिता रहेको थियो ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले “डडेल्धुरा अस्पताल सुदूरपश्चिमका पहाडी ७ जिल्लाका नागरिकहरूको प्रमुख उपचार केन्द्र भएको हुदा यहाँको वातावरण शान्त, सुरक्षित र सहज हुन आवश्यक छ । सवारी चाप र हर्नको कारण बिरामीलाई असहज हुने भएकाले यो व्यवस्थापन जरुरी देखिएको छ ।
व्यापारीको धारणास्


“हामी व्यापारीहरू पनि अस्पताल क्षेत्र वरपरको भीड, अव्यवस्थित पार्किङ र आवाजबाट हैरान थियौं । यो निर्णयले सन्तुलित र व्यवस्थित व्यापारिक वातावरण निर्माणमा सहयोग पु¥याउने स्थानिय व्यापारीको भनाई छ ।

अब तुफान डाडा देखि डडेल्धुरा अस्पताल क्षेत्र वरपर श्रावण १५ गते देखि लागु हुनेगरि सडकको दाया बाया किनारामा आलोपालो गरि पार्किङ, गर्ने र पार्किङ बोर्ड राख्ने जिल्ला प्रहरी,कार्यालयका प्रमुख सुगन्ध श्रेष्ठले बताएका छन ।

स्थानीय सरोकारवाला सबै पक्षको सहमतिमा ‘जोड–बिजोड’ प्रणाली तुरुन्त लागू गर्ने र अस्पताल क्षेत्र वरपर ट्राफिक सचेतना कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय गरिएको छ । साथै, अस्पताल छेउमा हर्न निषेध लागू हुनेछ ।
यस्तो निर्णयले अस्पताल वरपरको अवस्था सुधार हुने र बिरामीहरूलाई उपचारमा सहज हुने भएको छ ।

 

 

Loading...