साउन ११ गते धनगढी र पुनर्वासमा सार्वजनिक विदा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका र पुनरवास नगरपालिकाले साउन ११ गते सार्वजनिक विदा दिएको छ ।

रानाथारु समुदायले मनाउने तीज पर्वको अवसरमा धनगढी उपमहानगरपालिका र पुनरबास नगरपालिकाले साउन ११ गते स्थानीय सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाको २०८१ साउन ३१ गते बसेको कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको हो । सोही निर्णयानुसार स्थानीय विदा दिएको नगरप्रमुख गोपाल हमालले बताए ।

विदाको दिन धनगढी उपमहानगरस्थित सरकारी कार्यालय, शैक्षिक संघ संस्थालगायत बन्द रहने जनाइएको छ ।

 

Loading...