डडेल्धुरा। डडेल्धुरा अस्पतालमा नयाँ प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (प्रमेसु) का रूपमा ११औं तहकी डा. सुधा देवकोटा औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी छन । स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा निर्देशक रहेकी डा. देवकोटालाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलले असार ३१ गते डडेल्धुरा पठाउने निर्णय गरेका थिए।
बिहीबार साँझ डडेल्धुरा पुगेर, शुक्रबारदेखि डा. देवकोटाले अस्पतालको नेतृत्व सम्हालेकी हुन । जिम्मेवारी ग्रहण कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र निमित्त प्रमेसुका रूपमा काम गर्दै आएका डा. नरेन्द्रकुमार खनालले उनलाई स्वागत गरेका छन ।
डडेल्धुरा अस्पतालले पहिलो पटक ११औं तहको प्रमेसु पाएको छ ।
अहिलेसम्म डडेल्धुरा अस्पतालमा १०औं तहका डा. खनालले जिम्मेवारी सम्हालेका थिए। डा. देवकोटाको जिम्मेवारी सम्हालेसँगै अस्पतालमा गुणस्तरीय सेवा विस्तार र व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।