नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ, कैलालीले  ७८औँ स्थापना दिवसमा अन्तर संवाद र फुलमाला वितरण 

धनगढी ।  नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ, कैलालीले संघको ७८औँ स्थापना दिवस धनगढीमा अन्तर संवाद र लक्षित समुदायलाई फलफूल वितरण गरी मनायो ।

देशमा जहानिया राणाशासनको ज्यादती , निरंकुशता , मनपरीतंत्र रहेको बेला नेपाली जनताले मानवाधिकार , नागरिक अधिकारको कल्पना समेत गर्न नसक्ने अवस्था विद्यमान थियो । शिक्षा केवल शासक दरवारिया वर्गको लागि मात्र थियो । नेपाली जनता दास र रैतीको अवस्था बाच्न बाध्य थिए । जनाधिकार, स्वतंत्रता, स्वाधिनता र समानताका कुरा गर्नु ज्यानै जोखिममा पार्नु थियो । त्यो कालरात्रीमा नेपाल महिला संघको स्थापना भएको थियो ।

आज पनि समाजमा महिलाको स्थान सम्मानजनक छैन् । समाजमा व्याप्त कुरीति र अन्धविश्वासले महिला उत्पिडन केही क्षेत्रमा बाचेकै छ । वि.सं. २००४ साल श्रावण २४ गते मंगलादेवीसिंह जस्ता वीरांगनाहरूले नेपाल महिला संघको स्थापना गरेका थिए ।

देशको प्रजातान्त्रिक आन्दोलनमा समानता र स्वतन्त्रताको साहसिक आवाज बुलंद गर्दै २००७ सालको जनक्रान्तिमा निर्णायक महिला संघले भूमिका निर्वाह गरेको कुरा नेपालको राजनैतिक आन्दोलनमा स्वर्णाक्षरले अंकित छ । कार्यक्रममा नेपाल महिला संघ र संस्थापक हरूको योगदानको श्रद्धापूर्वक स्मरण र चर्चा गरिएको थियो ।

नेपाल महिला संघले गणतान्त्रिक व्यवस्थाको आधार निर्माण गर्न र पछिल्लो पुस्ताले गणतन्त्र स्थापना गर्न गौरवपूर्ण योगदान , त्याग र बलिदान गरेको र प्राप्त महिला अधिकार संरक्षण र कार्यान्वन गर्न महिला संघ खवरदारी गर्ने भूमिकामा सशक्त भैरहनुपर्नेमा वक्ताहरूको जोड थियो ।

महिला अधिकारको संरक्षण, संबर्द्धन र कार्यान्वय गर्न लोकतान्त्रिक प्रणाली सुदृढ हुनुपर्ने र त्यसका लागि देशको एकमात्र वैचारिक लोकातान्त्रिक पार्टी नेपाली काँग्रेस रहेकोले काँग्रेस बलियो भएमात्र सबै पछाडी पारिएका तह, तप्का, वर्ग र समुदायको सशक्तीकरण र उत्थान हुने भएकोले काँग्रेस पार्टीलाई सुदृढ बनाउन नेपाल महिला संघ लगायत सबै शुभेच्छुक र भातृ संस्थाहरू अझै बढी कृयाशील हुनुपर्ने विचारमा सबै वक्ताहरूको मतैक्यता थियो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुशिला भट्ट मिश्र प्रमुख अतिथि रहुनु भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगकि अध्यक्ष एवम् नेपाली काँग्रेस केन्द्रिय सदस्य जीवन राना , राज्यमन्त्री टेकहादुर रैका, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत डोटेली कान्छा, नेपाली काँग्रेसका कार्यवाहक सभापति रोशन सिंह, पार्टी सचिव एवम् आयोग सदस्य नृपबहादुर सुनार, पार्टी सचिव केशव मिश्र, पार्टी क्षेत्रीय सभापति भीम पडाल, प्रदेश सदस्य लक्ष्मी भण्डारी , पूर्व क्षेत्रीय सभापती हरिश खड्का, नेपाल ट्रेयुनियन काँग्रेसका केन्द्रीय सदस्य शान्ति सिंह शाही, नेपाल पत्रकार महासंघ कैलालीका  अध्यक्ष श्रवण देउवा, पत्रकार भावना जोशी लगायत पार्टीका नेता, शुभेच्छुक तथा भातृसंस्थाका विभिन्न तह का सदस्य एवम् पदाधिकारी र महिलासंघका विभिन्न तहका नेता र सदस्यहरूको उपस्थिती रहेको थियो ।

यस्तै  माननीय सांसद तुलसी देवकोटा , सुदुरपश्चिम प्रदेश सदस्य रामबहादुर देउवा नेका ४ नं. क्षेत्रीय सभापती ललित रोकायकाे पनि उपस्थिति रहेको थियाे ।

संघले धनगढी स्थित मानव सेवा आश्रममा आश्रित असहाय र आमाको माया छात्रवासका विद्यार्थीहरूलाई फलफूल वितरण गरेको थियो । नेपाल महिला संघका कैलाली जिल्ला अध्यक्ष शारदा सुनामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नगर अध्यक्ष जागृति बोगटी र संचालन सरस्वती खड्काले गरेका थिए ।

Loading...