डडेल्धुरामा से १ ज ७३८नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुुसार  ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हाे ।

प्रहरीका अनुुसार जिप सडकबाट करिब २५० मिटर तल जंगलमा खसेको छ । सो स्थानमा अहिलेसम्म चार जनाको शव फेला परेको प्रहरी बताए छ ।

मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कम्तीमा पनि चार जना घाइते अवस्थामा रहेको भनिए पनि अझै यकिन हुन सकेको छैन।

दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार कार्य चलिरहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याईदै छ ।

Loading...