सरकारी कार्यालय खुल्ने समय आज देखि छाेटियाे

  • काठमाडौं । सरकारी कार्यालय खुल्ने समय आइतबारदेखि एक घण्टा छोटिएको छ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आजदेखि कार्यालय खुल्ने समय पनि एक घण्टा छोटिएको हो ।कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।शुक्रबारका दिन भने सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मात्र सञ्चालन हुनेछन।
Loading...