प्रदेशस्तरीय विज्ञान प्रदर्शनी’ प्रतियोगितामा महेन्द्र मावि डडेल्धुरा प्रथम

डडेल्धुराः सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालय खलंगा, डडेल्धुरामा सम्पन्न भएको छ । प्रदेशस्तरीय विज्ञान प्रदर्शनी’ प्रतियोगितामा महेन्द्र मावि खलंगा, डडेल्धुरा प्रथम भएको छ ।

महेन्द्र माविको आयोजनामा शुक्रवार भएको विज्ञान प्रदर्शनी प्रतियोगितामा विज्ञान प्रवद्र्धन कार्यक्रम लागू भएका सुदूरपश्चिमका ९ जिल्लाका १२ विद्यालयमध्ये ९ विद्यालय सहभागी थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गरेको महेन्द्र माविले नगद पुरस्कार २० हजार र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा दुर्गालक्ष्मी मावि अत्तरिया, कैलाली द्वितीय, महेन्द्रनगर मावि कञ्चनपुर तृृतीय र भानोदय मावि, बाजुरा सान्त्वना भएको महेन्द्र माविका सूचना अधिकारी धर्मराज पन्तले जानकारी दिएका छन । उनका अनुसार द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कारसँगै प्रमाणपत्र पनि पाएका छन ।
प्रतियोगितामा मणिलेक मावि बैतडी, महेन्द्र मावि दार्चुला, सुनकुडा मावि बझाङ, वीरेन्द्र मावि बैतडी र धनगढी नमूना मावि, कैलालीको पनि सहभागिता रहेको थियो ।
यस्तै विज्ञान विषयतर्फ विद्यार्थीको आकर्षण बढाउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको महेन्द्र माविका प्रधानाध्याक सुरेन्द्रसिंह ऐरले बताएका छन । पछिल्लो समय विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या घट्दै गइरहेको उल्लेख गर्दै उन भने विज्ञान विषय शिक्षक पाउन पनि मुस्किल भइरहेको प्रधानाध्याक ऐरको भनाई छ ।

प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशी रहेका थिए ।

 

 

 

 

Loading...