डडेल्धुरामा महिला उद्यमी क्षमता विकास तथा अभिमुखीकरण कार्यक्रम सम्पन्

डडेल्धुरा । डडेल्धुरा जिल्लामा महिलाहरूको आर्थिक सशक्तीकरण, आत्मनिर्भरता र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी क्षमता विकास तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी महिलाहरूलाई उद्यमशीलताको आधारभूत अवधारणा, साना तथा घरेलु व्यवसाय सञ्चालन विधि, बजार व्यवस्थापन, वित्तीय साक्षरता, बचत तथा ऋणको प्रभावकारी प्रयोग, साथै व्यवसाय दर्ता र विस्तारका विषयमा अभिमुखीकरण गराइएको थियो ।


कार्यक्रमका वक्ताहरूले महिलाहरूको सीप र क्षमतालाई व्यवहारमा उतारेर आयआर्जनसँग जोड्न सकेमा परिवार तथा समाजको आर्थिक अवस्था मजबुत हुने उल्लेख गरे । महिलाहरूलाई अवसर पहिचान गरी आत्मविश्वासका साथ उद्यम सुरु गर्न प्रेरित गरिएको थियो ।
कार्यक्रमकाे उदघाटन सनिवार अमरगढी नगरपालिकाकि उपमेयर पार्वती झुकालले गरेकि थिईन । अभिमुखीकरण कार्यक्रममा सरोकारवाला निकायका महिला समूह तथा अमरगढी नगरपालिका ११ वडाका उद्यमी महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी महिलाहरूले यस्ता कार्यक्रमले आफूहरूलाई व्यवसाय सुरु गर्न आवश्यक ज्ञान, सीप र हौसला प्रदान गरेको प्रतिक्रिया दिएका छन ।
कार्यक्रममा महिला उधमी बिकासका अध्यक्ष सीता खडकाले
लुकेका सिपहरुलाई बजारीकरण कसरी गर्ने सकिन भन्ने उदस्यले कार्यक्रमकाे आयाेजना गरेकाे बताईन ।
यस्तै प्रदेश अध्यक्ष मिना फुलाराले महिलाहरुले धेरै सीप सिकेका हुन्छ तर सिपकाे सदुपयोग हुन नसकेको उनकाे भनाइ छ । कार्यक्रममा अमरगढी नगरपालिका उपमेयर पार्वती झुकालले महिला उधमीहरुका लागि आफू सदै साथमा रहने बताईन । आयोजक संस्थाका अनुसार आगामी दिनमा पनि महिलाहरूलाई लक्षित गर्दै थप क्षमता विकास, सीपमूलक तालिम तथा उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

Loading...