(बीपी) कांग्रेस मूलधारको कांग्रेसमा फर्कियो

डडेल्धुरा  ।  नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार कांग्रेस सभापति गगन कुमार थापा र कांग्रेस बीपीका सभापति सुशील शेरचनले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

कांग्रेसका निर्वाचन समितिका संयोजक सिताराम केसी र कांग्रेस (बीपी)का वरिष्ठ नेता कर्णबहादुर मल्लबीच पार्टी एकताका लागि सहमतीका आधार तय गरेका थिए । त्यही आधारमा समाहित भएको हो । चुनावी सभामा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस (बीपी) र कांग्रेसबीच एक हुने सहमति भएको जानकारी दिए ।

कांग्रेसको गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको थियो ।

त्यही आह्वानपछि कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनको टोलीले कांग्रेसमा समाहित हुन चाहेको प्रस्ताव गत पुस १४ गते नै तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासामु देउवा निवास महाराजगन्ज पुगेर राखेको थियो ।  कांग्रेसभित्रको विवादका कारण रोकिएको एकता प्रक्रिया आज सम्पन्न भएको हो।

Loading...