प्रधानमन्त्री कार्कीको राष्ट्रपति पौडेलसँग भेट, निर्वाचनबारे ब्रिफिङ

काठमान्डो । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

 

Loading...