डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाका ५ ओटै वडाहरुमा मनोसामाजिक परार्मशसेवा सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएकोछ ।

पौष देखि सुरु भएको मनोपरार्मस सेवा सम्बन्धि नागरिकहरुलाई सचेत गराउनका लागि समुदाय र विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम गरिएको भागेश्वर गाउँपालिकाका मनोपरार्मशकर्ता दिपक राज भट्टले बताएका छन् ।

स्वास्थ्य समस्या जस्तै मानसिक समस्याको पनि समाधान सम्भव रहेका यसको उपचार र परार्मस सेवा सम्बन्धि स्थानीय र विद्यार्थीहरु लाई सचेत गराईएको हो । रोजगार सेवा शाखा अन्र्तगत रहेको मनोपरार्मश सेवाले विशेष गरि विदेशबाट स्वदेश फर्किएका, र उनीहरुको परिवारलाई हुने चिन्ता, डिप्रेसन तथा आत्माहत्याका घटनाहरु कम गराउनुका लागि कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने भट्टले बताएका छन् ।

पहिलो चरणमा भागेश्वरका ५ बडाका ५ ओटा टोल र ५ ओटा विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
मानिसहरु स्वास्थ्य समस्या भए अस्पताल जाने गर्दछन् तर मानसिक रुपमा अस्वस्थ्य भए खुलेर उपचारका लागि भन्न नसक्ने तथा यस्ता घटनाहरुलाई समाजमा हेपने पपिाटि रहेकाले यसको समाधानका लागि मनोपरार्मशकर्ताले अहम रुपमा भूमिका खेल्नेछ । मनोसामाजिक परार्मश सेवा रोजगार सेवा केन्द्र र स्वास्थ्य शाखा संग सहकार्य गरेर प्रवाह गरिने सेवा हो ।
मुख्य रुपमा यसले मानिसहरुलाई मानसिक रुपमा बल प्रवाहको रुपमा काम गर्ने गर्दछ । यस कार्यक्रमले मानसिक पिडामा रहेका व्यक्तिको संख्यामा कमी ल्याउने तथा आत्महत्याका घटनाहरुमा कमी ल्याउने अपेक्षा लिईएकोछ ।
मनोपरार्मस सेवा केन्द्रले सेवाग्राहिको गोपनियता कायम गरि सेववा प्रवाह गर्ने गर्दछ । यो कार्यक्रम सामी परियोजना र नेपाल सरकारकारको सहकार्यमा लागु भएको हो । यो कार्यक्रम डडेल्धुराका ५ स्थानीय तहमा हाल लागु रहेकोछ ।