सुदूरपश्चिमका ५ सांसद मातृभाषामा शपथ लिँदै, ३ ले रोजे डोटेली र २ ले थारु/रानाथारु

धनगढी ।  फागुन २१  मा   सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथग्रहण १२ चैतमा हुने भएको छ ।  २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य रहेका नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदलाई शपथ गराउने कार्यक्रम छ ।
यसपटक २४ जना सांसदहरूले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने इच्छा व्यक्त गरेका छन्, जसमा सुदूरपश्चिम प्रदेशका पाँच जना छन । डोटेली भाषामा शपथ लिनेहरूमा दीपक बोहरा, आकृति अवस्थी र हरिना कामी रहेका छन । उनीहरू सबै डडेल्धुराका बासिन्दा हुन्भने बोहरा कञ्चनपुर–२ बाट निर्वाचित भएका थिए ।

ऐन २०७९ अनुसार सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था रहेको छ। सोही आधारमा सांसदहरूले आफूले रोजेको भाषाको विवरण संसद सचिवालयमा दर्ता गराएका हुन ।

 

Loading...