मन्त्रिहरु फेरिदै सुदुरपश्चिममा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसतर्फका सहभागी मन्त्रिमा हेरफेर हुदैछन । आज थपिने मन्त्रीमा असन्तुष्ट समुहका दिवानसिंह विष्ट नजाने भएका छन ।

हिजो साँझ विष्ट समूहसंग भएको सहमतिअनुसार तीन जना मन्त्री र दुई राज्यमन्त्री परिवर्तन गरेर नयाँ अनुहार पठाउन लागिएको र आजै पद तथा गोपनीयताको सपथग्रहण गराइने भएको छ ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्टले आफू मन्त्री नहुने तर अरु साथीहरुलार्ई पठाउने बताए । बिष्ट पक्षले दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाउन खोजे पनि शाहको पद कायमै राखेर मन्त्री मात्र परिवर्तन गर्ने सहमति भएको हो ।

संसदीय दलमा देखिएको विवादको समाधान खोज्न नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री उदयसमशेर राणा र केन्द्रीय सदस्य राजन केसीलाई धनगढी पठाइएको थियो । उनीहरु चार दिनदेखि धनगढीमै छन् ।

शनिबार साँझको सहमतिअनुसार बिष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउने छ । मुख्यमन्त्रीले आर्थिक मामिला मन्त्री र एक राज्यमन्त्री आफू निकटलाई बनाउने स्रोतको भनाइ छ ।

नयाँ मन्त्रीमा बिष्टले बेलबहादुर राना, पदमबहादुर शाही र मानबहादुर रावलमध्ये दुई जनालाई पठाउने चर्चा छ । मुख्यमन्त्री शाहले भने आफ्नो तर्फबाट विक्रमसिंह धामीलाई आर्थिक मामिलामन्त्री बनाउने पक्कापक्की भएको जनाइएको छ ।

 

Loading...