मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन । बुधबार प्रदेशसभा बैठकमा ४६ जना प्रदेश सांसद सहभागी रहेकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको छ ।

प्रदेशसभामा सरकारको नेतृत्व गरिरहेको नेकपाका २० र एमालेका ११ जना प्रदेशसभा सदस्यले पक्षमा मत दिएका छन । कांग्रेस १४ र राप्रपाका एक सांसदले विपक्षमा मतदान गरेका छन । कांग्रेसका तीन सांसद भने बैठकमा सहभागी थिएनन् । काङ्ग्रेसकै पदम शाही, मान बहादुर रावल र मधु भारती उपस्थित भएनन् ।

नेकपा संसदीय दलका नेता भट्ट शुक्रबार सुदूरपश्चिमको पाँचौ मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमति भएपछि अल्पमतमा परेका कांग्रेसका कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

Loading...