कान्द्रा नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

धनगढी । कैलालीको भजनीमा कान्द्रा नदीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।

भजनी नगरपालिका वडा नं. ९ भुरुवाका अन्दाजी १५ वर्षीय दिपेश राजीको नदीमा साथीहरुसंगै पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

साथीहरुले लास पानीबाट निकाली नदीको किनारामा राखी घरमा खबर गर्नासाथ सोही गाउँको भल्मान्सा बिल्लु राजीले टेलिफोन मार्फत घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

Loading...