धनगढी। प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराजलाई बनाउन निर्देशन दिएका छन ।
प्रदेश सरकार विस्तारका विषयलाई लिएर माओवादी भित्र देखिएको विवादलाई लिएर मंगलबार प्रदेश सभा सदस्यहरूसँग काठमाडौंमा भएको छलफलका क्रममा प्रचण्डले यस्तो निर्देशन दिएका हुन ।
उनले पार्टी स्थायी कमिटी सदस्य समेत रहेका खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्व बनाउन निर्देशन दिए ।
बैठकमा सहभागी सुदूरपश्चिमका बिना विभागीय मन्त्रीसमेत रहेका उपनेता अक्कलबहादुर रावलले अध्यक्षले पार्टीलाई एकताबद्ध बनाउन उक्त सुझाव दिएको तर निर्णय भइनसकेको बताए ।
सुदूरपश्चिममा गत १२ माघमा बहुमत प्रदेश सभा सदस्यले भट्टलाई दल नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए । भट्टलाई संसदीय दलमा दल नेता भन्दा माथिल्लो बरियता दिएपछि विवाद मिलाइएको थियो । तर २८ जेठमा सरकार विस्तार गर्ने क्रममा धामीले एकलौटी मन्त्रीको नाम सिफारिस गरेपछि विवाद चर्किएको थियो ।