डडेल्धुरा । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जिल्लामा सुशासन कायम गर्ने बताएका छन । बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा हालै सरुवा भएर आएका सिडिओ न्यौपानेले यस्तो बताएका हुन ।
`जिल्लास्थित सरकारी कार्यालयमा सुशासन कायम गर्ने र कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त बनाउनमा लाग्नेछु,´ उनले भने, `जिल्लाको शान्ति सुरक्षा कायम गराउनमा पनि योजना बनाएर काम गर्नेछु ।´