डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । बिहिबार निर्वाचन समितिले अध्यक्ष सहितका सबै पदका उम्मेदवारहरुलाई निर्विरोध निर्वाचित घोषणा गरेको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार संघको अध्यक्षमा दीपकबहादुर महता चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा लालमणि पन्त, वाणिज्य उपाध्यक्षमा दिनेशप्रसाद पनेरु तथा उद्योग उपाध्यक्षमा वासुदेव जोशी निर्विरोध चयन भए । महासचिवमा मीनाकुमारी फुलारा, वाणिज्य सचिवमा धनबहादुर ठकुराठी, उद्योग सचिवमा नेत्रप्रसाद अवस्थी र महिला सचिवमा कमलाकुमारी जैसी चयन भए भने कोषाध्यक्षमा सीताराम पाण्डेय चयन भएका छन ।
सदस्यतर्फ हरिप्रसाद उप्रेती, सुभाषचन्द्र भट्ट, शैलेन्द्र भट्ट, विकास पन्त, वसन्तराज पाण्डेय, जगदीश सिंह रावल र सिद्धराज भट्ट चयन भएका छन् । यस्तै महिला सदस्यमा पुनम नगरकोटी र सिर्जना जोशी तथा दलित सदस्यमा शेरबहादुर सुनार र सुरेन्द्रबहादुर सार्की निर्विरोध भए । निर्वाचन समितिका अनुसार सहमतिका आधारमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो । व्यवसायीहरूबीच सहमति कायम भएपछि निर्वाचन प्रक्रिया प्रतिस्पर्धाबिनै टुंगिएको समितिले जनाएको छ ।