सन्त निरंकारी मण्डल शाखा डडेल्धुराले मुक्ति पर्व दिवस मनाएको छ

डडेल्धुरा । सन्त निरंकारी मण्डल शाखा डडेल्धुराले विविध कार्यक्रम सहित मुक्ति पर्व दिवस मनाएको छ ।

डडेल्धुरा सँत्सगका ईन्चार्ज बिमल जैरु ज्यु को प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । उनले सन्त निरंकारी मिसनको उद्देश्य जगतमा पुगाउन सक्रिय लागेका माता बुधबन्ती जी , सहनशाह बाबा औतार सिंह जी, प्रधान लाभ सिंह जी बाबा गुरुवचन सिंह जी , चाचा प्रताप सिंह जी , बाबा हरदेव सिंह जी,माता सबिन्दर जी, माता कुलवन्त कौर जी लगायत हजारौं संत महात्माको सम्झनामा दिवस मनाइने गरिएको बताए ।

बिशेषगरि मुक्ति को अर्थ ब्रह्म ज्ञान प्राप्त गरिसके पछि,जाति पाति,उचनिच,गरिब धनी,लिंग,रङ्ग,क्षेत्र,नश्ल आदिको असमानता बाट मुक्ति प्राप्त गरि समानता, मानव एकता , बन्धुत्व भाइचारा कायम हुनु हो ।

त्यस्तै व्यक्तिभित्र रहेका कुभावना,गलत आदत,नशा बन्दी,व्यविचार,भ्रम भ्रान्ती बाट मुक्ति पाइ भक्तिमय जिवन जीउने मार्ग नै मुक्ति पथ हो । यस्तै सँत्सग कार्यक्रममा सेवादल सँन्त महापुरुष लगाएत बिभिन्न सँन्त महापुरुषहरुले मुक्ति पर्वका बारेमा विचार तथा प्रवचन,कविता प्रस्तुत गरे थिए ।

कार्यक्रममा लङ्गर भण्डारा को व्यवस्था पनि गरिएको थियो ।

यस्तै सन्त निरंकारी मण्डल शाखा डडेल्धुराले बिगतका दिन हरुमा पनि जिल्लामा पानीका मुल सरसफाई, अस्पतालका बिमारी हरुलाई फलफुल बितरण रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।

Loading...