डडेल्धुरा, विवेक जैरुको निर्देशन र लेखनमा बनेको चलचित्र ‘धराप’ यूट्यूबमा सार्वजनिक भएको छ । यो चलचित्रले मायाको, बिछोड र त्यसपछि घट्ने घटनाहरूको माध्यमबाट परिवर्तनको कथा प्रस्तुत गर्छ ।
‘धराप’ चलचित्रको कथा एक युवकको जीवनमा प्रेम र बिछोडपछि भएको परिवर्तनलाई केन्द्रित गर्दै अघि बढ्छ । चलचित्रले देखाउँछ कि मायाको टुटफुट पछि, केही विशेष घटनाहरूको प्रभावले मानिसलाई नयाँ दिशा दिन सक्छ । यो फिल्मले दर्शकलाई जीवनका गहिरा अर्थहरू र आत्मिक परिवर्तनको महत्त्व बुझाउँछ ।
अभिनेता आशीब अंशारीले युवकको भूमिका प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्, जसको मनोवैज्ञानिक परिवर्तन र नयाँ जीवनका प्रारम्भलाई उत्कृष्ट रूपले चित्रित गरिएको छ । प्रज्वल कार्की, निरुता देउबा र आरती पाण्डेले पनि महत्त्वपूर्ण भूमिका निभाएका छन ।
समीर घिमिरेको सिनेम्याटोग्राफी र फिल्मको साउन्ड डिजाईन चलचित्रको भावनात्मक गहिराईलाई बलियो बनाउँछ । साउन्ड र म्यूजिकको संयोजनले प्रत्येक दृश्यलाई अझ प्रभावपूर्ण बनाएको छ ।
समग्रमा, ‘धराप’ एउटा प्रेरणादायक चलचित्र हो जसले दर्शकलाई बताउँछ कि जीवनका कठिन घडिहरू पछि पनि परिवर्तन सम्भव छ । यो चलचित्र प्रेम, परिवर्तन र आत्मविकासको बारेमा गहिरो सन्देश प्रस्तुत रहेको निर्देशन विवेक जैरुले बताका छन ।
- Facebook Comments
- Comments