धनगढी र गोदावरीबाट ११ लाख मुल्यको अबैध सामान बरामद

धनगढी। कैलालीको धनगढी र गोदावरीबाट ११ लाख मुल्यको अबैध बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्का अनुसार धनगढी र गोदावरीबाट ११ लाख मुल्यको अबैध सामान बरामद गरिएको हो ।

धनगढीस्थित ट्राफिक चौराह, संचयकोष कार्यालय नजिक र बोराडाडीबाट मात्रै १० लाख ५३ हजार ८०९ मुल्यको सामान बरामद गरिएको छ। विभिन्न कम्पनीका मोबाइलका कभर, किरानाका सामान र मोजाहरु बरामद गरिएको सह–प्रवक्ता खड्काले बताए।

यस्तै गोदावरी नगरपालिका–९ वालुवाटारबाट पनि ३८ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ । स्पिकर, पम्पको वासर र किराना सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

Loading...