धनगढीः कैलालीको गेटामा तीन सय शय्यामा अस्पताल सञ्चालन गर्न चिकित्सकहरू पठाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ अर्ब ६२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएका भौतिक संरचनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० शय्याको अस्पताल सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्तिका १० जना चिकित्सकहरू र २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकहरूलाई गेटा पठाएर भएपनि तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने दाबी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गेटाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को तयारी थालिएको बताए । तर, नेपाल सरकारको ६२ करोड बढी रकम कर्मचारीका लागि मात्र खर्च हुने देखिएको मन्त्री पौडेलले बताए । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को काम हुँदै गर्ने र नेपाल सरकारबाट छात्रवृत्तिमा अध्ययन गरेका १० जना चिकित्सक तथा २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकलाई चाँडै गेटा पठाउने मन्त्री पौडेले बताए।
उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विश्व विद्यालयको प्रक्रियामा छ । विश्व विद्यालयको काम रोकिने होइन। गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गरौ । एमबीबीएसको अध्यापन सुरु गरौ। आयोगले पनि यसमा काम गरोस्।’ गेटामा आकस्मिक सेवासहिचको २४ घण्टा स्वास्थ्य उपचार सेवा दिन मन्त्री पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय, गेटाको स्थलगत अनुगमन गर्दै निर्देशन दिएका छन ।
- Facebook Comments
- Comments