डडेल्धुरा : महाशिवरात्रि तथा नेपाली सेना दिवस २०८१ को अवसरमा डडेल्धुरामा अन्तर माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
अर्जुनबाण गण, दह ब्यारेक डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिका-५ स्थित अमरगढी किल्लामा कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो। सात वटा विद्यालय सहभागी रहेको कविता प्रतियोगितामा ज्ञानोदय विद्या निकेतन तुफानडाँडाकी छात्रा आरुसी पन्त प्रथम भएकी छन ।
यस्तै, क्याम्ब्रिज पब्लिक स्कुलकी छात्रा कमला महर द्वितीय र क्याम्ब्रिजकै समीर सुनार तृतीय भएका छन ।
अर्जुनबाण गण, दह ब्यारेक डडेल्धुराका प्रमुख सेनानी (गणपति) उज्ज्वल थापाले राष्ट्र, राष्ट्रियता र देश भक्तिको भाव बढाउनका निमित्त कविता प्रतियोगिता गरिएको जानकारी दिए ।