डडेल्धुराको भागेश्वरमा ४३औँ मगर दिवस विविध कार्यक्रमसहित मनाइयो

डडेल्धुरा । नेपाल मगर संघ महाभरत एकता समाजको आयोजनामा भागेश्वर गाउपालीका सिराड ५ मा ४३ औँ राष्ट्रिय मगर एकता दिवस विवित कार्यक्रम गरि भव्य रूपमा मनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा भागेश्वर गाउपालीका वडा नम्मर ५ का अध्यक्ष नरेन्द् बहादुर थापा मगर रहेका थिए ।

यस्तै कार्यक्रमका  सभापति वडा ५ का मगर संघका वडा संयाेजक  प्रेम बहादुर थापा मगर रहेका थिए ।

यस्तै बिषिस्ट अथितिमा महाभारत एकता समाजका अध्यक्ष बमबहादुर थापामगर र वडा नम्बर ५ का पुर्व सदस्य र्जग बहादुर थापामगरको उपस्थिति रहेको थिए ।

त्यस्तै, कार्यक्रममा वडा स्थथित बिभिन्न राजनिति दलका कार्यक्रता लगाएत अन्य सर्वसाधारणको सहभागी भएको थियो ।दिवसको अवसरमा मगर समुदायको सांस्कृतिक पहिचान झल्किने मारुनी नाच, कौडा, टप्पालगायतका प्रस्तुति प्रदर्शन गरियो ।

आयोजकका अनुसार मगर समुदायको मौलिक संस्कृति, भाषा, रीतिरिवाज तथा ऐतिहासिक पक्षबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले यो दिवस महत्त्वपूर्ण रहेका बताएको छ । सालैजो, झ्याउरे, कौडालगायत लोपोन्मुख लोकसंस्कृतिको जगेर्ना गर्न यो दिवसले टेवा पुर्‍याउने महाभारत एकता समाजका अध्यक्ष बमबहादुर थापामगरको भनाई छ ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट हुनुपर्ने सन्देशका साथ प्रत्येक वर्ष फागुन १५ गते मगर एकता दिवस मनाइँदै आएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल मगर संघ स्थापना भएको दिनको सम्झनामा मगर समुदायले यो दिवस विशेष रूपमा मनाउने गरेका छन ।

Loading...