डडेल्धुरा बहुमुखी क्याम्पस स्ववियु निर्वाचन : संयुक्त प्यानल द्वारा प्रतिबद्धता पत्र सार्बजनिक

डडेल्धुरा – डडेल्धुरा बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा संयुक्त प्यानलले आफनो प्रतिबद्धताहरु सार्बजनिक गरेको छ।

बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा पत्रकार सम्मेलन मार्फत संयुक्त उम्मेदवारहरुको तर्फबाट सभापति पदका उम्मेदवार मदन बोहराले प्यानलकामा आबद्ध उम्मेदवारहरुको परिचय सहित आफना योजना र प्रतिबद्धता सार्बजनिक गरेका हुन।
प्यानलमा अनेरास्ववियु,अखिल(क्रान्तिकारी),नेविसंघ विपीले संयुक्त प्यानल बनाएर निर्वाचनमा जाने भएका छन।

संयुक्त प्यानलमा सभापतिमा नेविसंघ विपि बाट मदन बोहरा,सचीवमा रजन कैनी अनेरास्ववियु,काेषाध्क्षमा जयकला वि.क अखिल क्रान्तिकारी रहेका छन भने अन्य समानुपातिक पदाधिकारी तथा सदस्यहरु पनि भागबन्डा गरेका छन
डडेल्धुरामा त्रिभुवन विश्वविद्यालय अन्तरगतको एकमात्र आंगिक क्याम्पसको रुपमा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा यहीँ चैत्र ५ गते निर्वाचन हुँदैछ।

डडेल्धुरा बहुमुखी क्याम्पसमा हाल भर्ना भएका करिब १ हजार विद्यार्थी छन जसमध्य ५५२ जनाले मतदान गर्न पाउने गरि मतदाता नामावली सार्वजनिक भएको छ।

सभापति पदका उम्मेदवार बोहराले आफुहरुको प्रतिस्पर्धा अरु कसैसँग नभएर क्याम्पसको समस्या र विद्यार्थीहरुका हकहित सँग रहेको बताए । उनले ५५२ जना मध्य ३५० विद्यार्थीहरु आफुहरुको पक्षमा रहेकोले जित सुनिश्चित रहेको दाबी गरेका छन।

क्याम्पसमा (स्ववियु) निर्वाचनमा नेविसंघ,संयुक्त प्यानल र स्वतन्त्र समुहहरुको त्रिपक्षीय प्रतिस्पर्धा हुने हुँदैछ। नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामीले सभापति पदका लागि उम्मेदवारी दिएका छन्।

Loading...