सुनको मूल्यमा भारी गिरावाट

काठमाडौं । दुई लाख नजिक पुगेको सुनको मूल्यमा आज (बुधबार) भारी गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेको हो ।

मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Loading...