काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।