डडेल्धुरामा किन घट्दै छन उद्योग दर्ता नविकरण

डडेल्धुरा । घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा बैंकिङ सेवा सम्बन्धी सरोकारवाला र उद्यमी–व्यवसायीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कार्यालय प्रमुख केशव भण्डारीले हालसम्म डडेल्धुरामा ४ हजार ७८४ उद्योग दर्ता भएको जानकारी दिँदै चालु आर्थिक वर्षमा १५५ नयाँ उद्योग दर्ता भएको बताएका छन । तर, जिल्लामा नविकरणको दर भने घट्दो अवस्थामा रहेको उनले उल्लेख गरे ।

उनका अनुसार अनुदानका लागि फर्म दर्ता अनिवार्य भएकाले पहिला दर्ता गर्ने तर अनुदान नपाए पछि उद्योग खारेज गर्नेकाे सख्या बढेको भण्डारीको भनाइ छ ।

यस्तै उनका अनुसार चालु आर्थिक वर्षमा २५२ उद्योग र ४३८ वाणिज्य फर्म मात्र नविकरण भएका छन भने यसै वर्ष मात्रै ७८ वटा उद्योग खारेज भएका उनकाे भनाइ छ ।

उनले भने कारागारमा कैदीबन्दीहरूलाई होजीयारी तालिम र अन्य स्थानमा ड्राइभिङ तालिम, उखु प्रवर्द्धन जस्ता कार्यक्रम सञ्चालन गरिएको बताएकाे छ । कार्यालयले पूँजीगत तर्फ ६४ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ।

यस अन्तर्गत जिल्लामा १०५ जनालाई शिप तालिम दिइएको र ११ वटा उद्योगमा प्रविधि हस्तान्तरण गरिएको हो । शिप तालिममा १३ लाख र प्रविधि हस्तान्तरणमा २० लाख रुपैयाँ खर्च गरिएको छ ।

भट्मासको तेल र सोयाबिन उत्पादन गर्ने फारवेस्ट एग्रो जाइन्ट कम्पनीलाई घेरबारका लागि १० लाख अनुदानसहित उग्रतारा पीउने पानी, जीएम सस नम्किन उद्योग, फर्निचर उद्योगलाई समेत अनुदानमा सहयोग गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिइएका छन ।

यस्तै कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक डडेल्धुरा शाखाका प्रबन्धक प्रभुराज जोशीले बैंकिङ सेवाबारे जानकारी गराएका थिए ।

तर, सहभागीहरूबाट बैंकको पहुँच सीमित भएको गुनासो पनि उठेको थियो ।  कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले आआफ्नो भनाइ राखेका थिए । यस्तै काष्ठ व्यवसायी नवराज  धिक्तले आफूले दुई लाख अनुदान पाएको र त्यसबाट बल पुगेको बताए । उनले सदुपयोग गर्नेलाई मात्र अनुदान दिनुपर्छ भन्ने धारणा राखे ।

उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख गगन सिंह भण्डारी,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम,उद्योगी व्यवसायी,सरोकारवाला कार्यालय,सञ्चारकर्मी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।

 

Loading...