किसानलाई निशुल्क फलफुलको बिरुवा बितरण

 

डडेल्धुरा भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले विभिन्न प्रजातिका बिरूवा वितरण गरेको छ । हरेक वर्षजस्तै यसपटक पनि कार्यालयले फलफुलका बिरुवा बितरण गरेको हो

भुतथा जलाधार व्यवस्थापन कार्यलयले किसानलाई निशुल्क फलफुलका बिरुवा बितरण गरेको छ । बर्षातको समय भएसगै किसानहरुको मागअनुसार फलफुलका बिरुवाहरु बितरण गरिएको हो ।

भुतथा जलाधार व्यवस्थापन कार्यलय डडेल्धुराले व्यवसायि गर्ने उद्देश्यले किसानहरुलाई फलफुलका बिरुवाहरु माग अनुसार वितरण गरेको छ । मौसम अनुसारका फलफूलका बिरुवा निशुल्कमा पाउन थालेपछि बिरुवा लगाउन कृषक उत्साहित बनेका छन बितरण भएका बिरुवाहरुमा आँप कागती बास टिमुर लिचिका विरुवा रहेका छन ।

भुतथा जलाधार व्यवस्थापन कार्यलयले फलफुलका विरुवा निशुल्क वितरण गरेपछि किसानले निशुल्क विरुवा पाएपछि खुसि भएका छन यस्तै अमरगढी नगरपालीका ८ कि खगेश्वोरी साकी भन्छीन दुई बर्ष पहिला भुतथा जलाधार व्यवस्थापन कार्यलय डडेल्धुराबाट लगेको आपको बुटा बाट फल दिन थाले पछि उनी फेरिपनि खुसि आपका बिरुवा लगि रहेकी थिईन ।

आर्थिक उपर्जनको लागि वैकल्पिक व्यवसाय फलफुल खेती हुने भएकाले आम्दानीको स्रोत बढाउन बिरुवा वितरण गरेको हो । भौतिक विकाससँगै आर्थिक विकासका रूपमा कृषी पेसा लाई अगाडि बढाउने भन्दै आफु पनि अब कृषीमा लाईनै लागी रहेको अमरगढी नगरपालीका ८ का अध्यक्ष नरबहादुर साकीको भनाई छ ।


फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले भुतथा जलाधार व्यवस्थापन कार्यलयले विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको छ । जिल्लाका विभिन्न स्थानमा हावापानी सुहाउँदो मागअनुसारका फलफूलका बिरुवा वितरण गरिएको छ

फलफुल खेतीमा किसानहरुको आकर्षण बढीरहेको छ बिगतका बर्षहरुमा पनि किसानहरुले फलफुलका विरुवा रोपिरहेका छन । किसानको माग अनुसार बिभिन्न जातका आपका लिचि अम्भा र किसानहरको धेरै मागमा रहेको रातो बासका बिरुवा किसानलाई निशुल्क बितरण गरेको भुतथा जलाधार व्यवस्थापन कार्यलय डडेल्धुराका वरिष्ठ अधिकृत पुस्पराज जोशी भनाई छ ।

बितरण गरिएका बिरुवहरुमा जिल्लाको वातावरण अनकुल बितरण गरेको छ । व्यवसाय गर्ने उद्देश्यले किसानहरुले फलफुलका बिरुवाहरु माग गर्दैआएका छन ।

अधिल्लो बर्षमा पनि डडेल्धुराको भित्री मधेस क्षेत्र आलिताल परशुराम अमरगढी नगरपालीका गन्यापधुराका किसानहरुलाई आँप, लिची, कागती, सुन्तला, मौसमीलगायतका बिरुवाहरु निशुल्क बितरण गरेको भुतथा जलाधार व्यवस्थापन कार्यलय डडेल्धुराले जनाएको छ । फुटेज एफटिभिमा छ ।

 

 

 

Loading...