दुईहजार भन्दा बढी यातायातका सवारी साधनलाई कारबाही

डडेल्धुरा । डडेल्धुरामा आर्थीक वर्ष २०८१÷०८२ मा  ट्राफिक उल्लंघन गर्ने २ हजार भन्दा वढी यातायातका सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले कारवाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले ट्राफिक नियमको उल्घन गर्ने वस, ट्रक, जिप, मोटरसाईकिल, ट्याक्टर गरी २ हजार १ सय ४३ यातायातका सवारी साधनलाई कारवाही गरेको हो ।

२ हजार १ सय ४३ यातायातका सवारी साधनलाई कारवाही गरी १५ लाख ४३हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

कारवाही पर्नेमा सवैभन्दा वढी जिप रहेका छन् सवै भन्दा कम बस रहेका छन । एक वर्षको अवधीमा जिप कार १ हजार ६१, ट्रक २ सय पचहत्तर । ट्याक्टर १ सय ७२ ,मोटरसाईकल ३ सय ११ र अन्य २ सय १९ यातायातका सवारी साधन कारवाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गर्न थालेपछि चालकहरुमा ट्राफिक नियम प्रति सजग हुन थालेका छन् । चेकजाँचमा कडाईका साथै ट्राफिक प्रहरीले जनचेतनाका कार्यक्रम समेत गर्दै आईरहेको छ।

 

Loading...