डीएसपी उपाध्यायले गड्डाचौकीको इन्चार्ज सम्हालेको १० दिनमा बरामद गरे करिव १७ लाख बढीको अवैध सामान

कन्चनपुर ।   सशस्त्र प्रहरीले कञ्चनपुरबाट ५ लाख बढी मूल्यको भन्सार छलिको सामान बरामद गरेको छ । जिल्लाको भिमदत्त नगरपालिका–४, भाँसी हाईबे र वडा नम्बर १० भन्सार रोड ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याइएको बेवारिसे अवस्थामा रहेको ५ लाख ७ हजार ३९० रुपैयाँ बराबरको मोबाईल पाट्र्स र किरानाका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको इन्चार्ज सम्हालेको १० दिनमा सशस्त्र प्रहरी नायव उपरीक्षक उपाध्यायले १६ लाख ७६ हजार बराबरको अवैध सामान बरामद गर्न सफल भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक जनक राज उपाध्यायको कमाण्डमा खटिएको ७ जनाको सशस्त्र प्रहरीको गाडी मोबाईल टोलीले सामान बरामद गरेको हो

बरामद भएका सबै सामानहरु आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक उपाध्यायले बताउनुभयो । उनले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्ती कार्य थप कडा बनाएको बताउनुभयो ।

Loading...