डडेल्धुरा । पटकपटक गरिएको डडेल्धुराको बजार अनुगमनले प्रभावकारी बन्दै गईरहेको छ ।
शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुरा र खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जिल्ला प्रशासन कार्यालय स्थानीय तह, जिल्ला प्रहरी कार्यलयको संयुक्त टोलीले डडेल्धुराको किर्तिपुुर बजारमा अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद सकिएका वस्तुको विक्री वितरणमा कमी आएको, व्यवसाय दर्ता तथा नविकरण, नापतौल, अन्तशुल्क, खरिद बिल व्यवस्थापन, उत्पादन स्थलको सरसफाइ लगायतका पक्षमा उल्लेखनीय सुधार आएको देखिएको छ ।
किर्तिपुुरमा रहेका १५ पसलहरुको अनुगमन गर्दा कनैपनि म्याद सकिएका वस्तु खासै नभेटिएको घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुरा कम्प्युटर अपरेटर जोगराज ऐरले बताउनु भयो ।
उनले विगतमा सुझाव दिनुपर्ने अवस्था भए पनि यसपटकको अनुगमनमा धेरै क्षेत्रमा सुधार भएको बताए ।
त्यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख राजेन्द्र घिमिरेले उपभोक्ताको हितलाई ध्यानमा राखी बजार अनुगमन गरिएको जानकारी दिए। उनले निरन्तर अनुगमनले व्यापारीहरू सचेत बन्दै गएका र बजारमा सकारात्मक प्रभाव देखिएको बताए ।