सुनको मूल्य दुई लाख नजिक

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला तीन सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको छ। मंगलबार यो मूल्य एक लाख ९८ हजार सात सय रूपैयाँ थियो।

सुनको मूल्य ऐतिहासिक उच्च स्तर नजिक पुगेको हो। यसअघि साउन २३ गते प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार बुधबार प्रतितोला दुई हजार तीन सय ४५ रूपैयाँमा कारोबार भएको छ। आइतबार प्रतितोला दुई हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Loading...