डडेल्धुरा । अजयमेरु गाउँपालिका–२, चमडामा अजयमेरु खेलकुद तथा सांस्कृतिक महोत्सव भदौ १८ देखि २१ गतेसम्म” हुने भएको छ । अजयमेरु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शिवराज भट्टले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन ।
महोत्सवमा भलिवल र कबड्डी प्रतियोगिता सहित कृषि प्रदर्शनी, पशु स्वास्थ्य शिविर, स्थानीय कला–संस्कृति प्रदर्शन, व्यापार मेला लगायतका कार्यक्रम समावेश हुनेछन। खेलकुद क्षेत्रमा राष्ट्रिय ख्याति कमाएका खेलाडी सहभागी हुने भलिवल प्रतियोगिताको प्रथम पुरस्कार ७०,७७७, द्वितीय ३०,३३३ र तृतीय १५,५५५ रुपैयाँको व्यवस्था गरिएको छ । जसका लागि टिम दर्ता शुल्क ३५००/ राखिएको छ।
गाउँपालिकामा ५० भन्दा बढी धार्मिक स्थल,रहेका छन भने करिब एक दर्जन पर्यटकीय स्थल ऐतिहासिक अजयमेरुकोट अवस्थित छ । सोही सम्भावनालाई अघि बढाउँदै महोत्सवमार्फत करिब १ लाख दर्शक आकषिर्त हुने र करिव १० लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।
यससँगै अजयमेरुकोट, वीरवेताल, सहश्रलिङ्ग, कैलपाल, शिवनाथ, बैजनाथ, चोरा भगवतीलगायतका धार्मिक–ऐतिहासिक स्थलहरूको पहिचान गराउँदै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको भट्टले बताएका छन । अनारखेती, भटमास उत्पादन तथा अन्य रैथाने बालीहरूको प्रदर्शनीमार्फत कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने तयारी गरिएको छ।
महोत्सवले स्थानीय स्तरमा लुकेर रहेका कलाकार, खेलाडी र कृषकलाई राष्ट्रिय स्तरमा परिचित गराउनुका साथै सामाजिक एकता, सहकार्य र आर्थिक समृद्धिमा टेवा पुर्याउने आयोजकले जनाएको छ । यस्तै गाउँपालिकाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको