डडेल्धुरामा आज देखी सुदुरपश्चिम स्तरिय राष्टिय गौरा महोत्सव सुरु

डडेल्धुरामा आज देखी राष्टिय गौरा महोत्सव २०८२ शुरु भएको छ । धर्म र संस्कृतिकको जगेर्ना गर्नुपर्न भन्ने मुल नाराका साथ सुदुरपश्चिम स्तरिय राष्टिय गौरा महोत्सव सुरु भएको हो । बुधबार राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा  आज गौरा महोत्सवको उद्घाटन भएको छ ।

कार्यक्रमको उद्घाटन राधाकृष्ण मन्दिर व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष रमेश जोशीको अध्यक्षता तथा नगरप्रमुख डिल्लीराज जोशीको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो।

महोत्सव अन्तर्गत आजदेखि देउडा कार्यक्रम सुरु भएको छ, जसले चार दिनसम्म निरन्तरता पाउनेछ। महोत्सव भदौ २१ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ। कार्यक्रममा सावित्री धामी, कल्पना खडका,करबिर ऎर सहित अन्य कलाकारहरुको प्रस्तुति रहनेछ।

गौरापर्व नेपालको सुदूरपश्चिम र कर्णाली क्षेत्रको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। विशेषगरी महिलाहरुले व्रत बसी गौरी–महादेवको पूजा आराधना गर्ने यस पर्वमा सामूहिक रूपमा देउडा खेल्दै धार्मिक गीति संवाद गरिन्छ। यस पर्वलाई आस्था, संस्कार र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।

गाउँका अधिकांश ठाउँमा गौरापर्व समापन भइसके पनि सदरमुकाम डडेल्धुरामा भने अझै चार दिनसम्म महोत्सव सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

Loading...